ENG

Articles

Filters
स्थानीय अनुकूलन प्रवर्द्धनका लागि दक्षिण एशियाली कार्यशाला काठमाडौंमा सम्पन्न

दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको प्रवर्द्धनका लागि भएका चुनौती, असल अभ्यास तथा अवसरबारे छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोबल सेन्टर अन एडप्टेशन (GCA) र डि.सि.ए.को आयोजनामा सम्पन्न उक्त कार्यशालामा दक्षिण एशियाली मुलुकहरुको अनुकुलन अभ्यासबारे अनुभव आदानप्रदान गरिएको थियो। कार्यशालाको अन्तिम दिन आयोजित पत्रकार अन्तरक्रियामा GCA एशिया निर्देशक सुसान सेनले प्रत्येक मुलुकले स्थानीय अनुकुलन कार्ययोजना तयार गरी लागू गर्ने प्रयास गरिरहेको भन्दै त्यसलाई थप व्यवस्थित बनाउन स्थानीय निकायको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। साथै, अनुकुलन अभ्यासका लागि बजेट तर्जुमा र सरोकारवालाहरूको ज्ञान तथा सीप अभिवृद्धिका लागि थप पहल आवश्यक रहेको उहाँले बताउनुभयो। नेपालजस्ता मुलुकहरूले बहुपक्षीय वित्तीय सहायता संस्थाहरूसँग सहकार्य गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो।

20 February 2025

1/15 Next