ENG

स्थानीय अनुकुलन कार्ययोजना सम्बन्धी क्षेत्रीय कार्यशाला काठमाडौंमा

Kathmandu, Nepal 13 February 2025 News News Newspaper Article

दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको स्तरोन्नतीमा देखा परेका चुनौति, असल अभ्यास तथा अवसर विषयक कार्यशाला काठमाडौंमा सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोवल सेन्टर अन एडप्टेशन र डि.सि.ए.को आयोजनामा सुरु भएको उक्त कार्यशालाको मुख्य उद्धेश्य दक्षिण एशिया क्षेत्रमा स्थानीय अनुकुलन योजनासँग सम्बन्धित उपलब्ध निति–नियम र तिनको अभ्यासको अनुभव साटासाट गर्नु रहेको छ ।