
दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन प्रवर्द्धनका अवसर, चुनौती तथा सफल अभ्यासबारे विस्तृत छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालयको समन्वयमा द ग्लोबल सेन्टर अन एडप्टेशन (GCA) र डि.सि.ए.को आयोजनामा भएको उक्त कार्यशालाले दक्षिण एशियाली मुलुकहरूबीच जलवायु अनुकूलनका प्रभावकारी उपाय आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको थियो।