
Photo Credit: UN Climate Change/Kiara Worth
नेपालको एक गैरसरकारी संस्था (एनजिओ) ले स्थानीय तहमा जलवायु अनुकूलनको क्षेत्रमा राम्रो काम गरेकोमा जलवायु अनुकूलनसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ। इजिप्टमा जारी संयक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका दौरानमा मधेस प्रदेशका विभिन्न जिल्लामा क्रियाशील सामुदायिक विकास तथा पैरवी मञ्चले १५ हजार युरो बराबरको पुरस्कार पाएको हो। नेदरल्यान्डमा मुख्यालय रहेको ग्लोबल सेन्टर अन एड्याप्टेसन नामक संस्थाले यसै वर्षदेखि दिन थालेको स्थानीय अनुकूलन च्याम्पिययन अवार्ड (लोकल एड्याप्टेसन च्याम्पियन अवार्ड) अन्तर्गतका विभिन्न चार विधामध्ये ‘लोकल इनोभोनेसन क्याटागोरी’मा नेपालको संस्थाले पुरस्कार पाएको हो।