
दक्षिण एसियामा स्थानीय नेतृत्वमा आधारित अनुकूलनको प्रवर्द्धनका लागि भएका चुनौती, असल अभ्यास तथा अवसरबारे छलफल गर्न आयोजित कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोबल सेन्टर अन एडप्टेशन र डीसीएको आयोजनामा सम्पन्न उक्त कार्यशालामा दक्षिण एसियाली मुलुकहरूको अनुकूलन अभ्यासबारे अनुभव आदान प्रदान गरिएको थियो ।